कविता : बर



“बर”
पिपलको मै हु एउटा बजोडी बर।
बुढेसकालमा एक अर्काको भर।।

उकालीमा जादा दाहिने मेरो घर।।
बायाँ नै हो जीवन सँगिनीको भर।

एकलकाँटे जीवन छ किन मेरो ।।
शीतलता मात्रै त लिन्छन् मेरो ।

नत मलाई कुनै इज्जत नै पो दिन्छन् ।।
मेरा बिम्बहरु बाट आनन्द मात्रै लिन्छन्।

मौकापरे हतियारले चोट मात्र दिन्छन् ।
सधैं बसिबसाउ नै छु बटुवाको आशमा।।

प्राण भरिदिएको छु दुःखीको सासमा।।
घरमै बाँधनी मात्र नै हो मेरो काम ।

छेकि दिन्छु मात्र टन्टलापुर घाम ।।
विश्राम लिन्छन् कति लासको साथमा ।

बटुवाहरु बस्दछन म सँग कति बास।।
उकालीमा हुन्छु दायाँ ओरालीमा बायाँ।

बराबरी नै बाडदछु शीतलता र माया ।
म बुढो बर हु सधैं हुन्छु पिपलुको साथ।।

चुडाइ मात्र लान्छ्न किन म बुढोको हात।
शिवजीले मात्र सम्झन्छन् कहिलेकाहीँ।।

रुद्री पूजा आदिमा मात्रै निम्ता मलाई ।
मौका हेरि बसेकाछौ टिप्न मात्र तलाई ।।

ढाक्रेहरु पनि सधैँ पर्दछ्न मेरो नै भर ।
जराहरु फिजाएर बसेको छु वरपर।।

वातावरण आजकल किन दूषित हुदैछ।
मानव जातीको मस्तिष्क किन रुदैछ।

धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्