सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढ्यो



काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९४ हजार ३ सय रूपैयाँ तोकिएको छ।

गत शुक्रबार छापावाल सुन ९४ हजार रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार गत शुक्रबार ९३ हजार ५ सयमा किनबेच भएको तेजावी सुनको मूल्य आइतबार ९३ हजार ८ सय रुपैयाँ कायम छ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने शुक्रबारकै जति प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्