कविता : झगडा



मिल्दा राम्रो भन्दैछ्न सब
के के हुन्छ हेर्दै जाउ अब
हुनसक्छ बिदेशीको खेल
झगडा भको भएर बेमेल।

राजनीतिको यस्तै खेल
पाक्दा पाक्दै टुट्यो सेल
दाउन नमिलेको पो होकि
काकी पनि असाध्य रोकि।
😭😭😭😭

बिना निम्तो किन गकि कान्छी
नाम रहेछ तिनको यान्छी
कहिले चिसो घर तिर जान्छे
नेपाल तिर गइ चिया खान्छे।
☕☕☕☕☕

देखिन्छ कहिले यान्छिको खेल
काबात्रा आइ बनाउछ्न बेमेल
यस्तै छ घर भित्रको झगडा
भको होला नमिलेर रगडा।

अझै वाकि होलि वाइन खान
बन्द गर दुई घर तिरै जान
नगर अझै दुई बर्ष तानातान
खाउ मिली नगर हानाहान।

खेर जान्छ जनताको भोट
बार्ता गर पुगि नगरकोट
नबनाउ अब फेरि गुट गुट
पुरै कार्यकाल मिली लुट।

अझै पेल है तोरी र कोदो
निचोर अब ननिकाली लेदो
वाकि छ समय अझै पेल
निस्किन सक्छ फेरि तेल।

नरोक है ऐले बिदेश जान
पैसा छैन अब किनेर खान
भिख माग्दा इज्जत जाला
नहुनेले अब के गरि खाला।

जङ्गलको शेर पिजडामा पस्यो
कुर्सी पाउन घुडा नै पो धस्यो
अब आयो मेरो प्र म हुने पालो
चढ्दैछ घनघस्याको उकालो।

भनिन्छ भाइ फुटे गँवार लुटे
कति कति पार्टीहरु नै फुटे
राम्रो हुन्थ्यो भए तिम्रो मेल
जे भयनि त्रिसुलिमा नठेल।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्