सांसद मोहन पाण्डेले लिए गोपनीयताको शपथ ग्रहण



काठमाडौं। कांग्रेस नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा समानुपातिकतर्फका सांसद पाण्डेलाई शपथ खुवाएका हुन।

प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन्। सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई पठाएको हो।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते राति पोखरामा निधन भएको थियो। मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा निधन भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्