विकसित देशहरुमा कोरोना महामारीको क्षति किन धेरै बढी ?



—लोकनारायण सुबेदी
आज बिश्वमा कोरोना महामारीबाट अधिकांका बिकसित देश र राज्यहरुले बढी क्षति बेहोरिइरहेको देखिन्छ । एउटा बिश्वसनीय अन्तर्राष्ट्रिय संस्थानको अध्ययन अनुसार बिश्वका अधिकांश देशहरुले आफ्ना देशका नागरिकहरुको स्वास्थ्य र अर्थब्यबस्थालाई कोरोनाबाट न्यूनतम क्षति गर्ने रणनीति अपनाएको भए पनि त्यसको परिणाम भने बेग्ला बेग्लै आएको देखिएको छ । अमेरिका र यूरोप जस्ता बिकसित देशहरुमा नागरिकहरुको स्वास्थ्य र अर्थब्यबस्था दुबैमा स्खलन आयो । अर्कोतिर एशियाका जापान र दक्षिण कोरिया जस्ता बिकसित देशहरु तथा बिकासशील देशहरुले नागरिकको स्वास्थ्य र अर्थब्यबस्था दुबैका बीच सन्तुलन कायम राख्न सकेको देखिएको छ ।

कोरोना बिशेषज्ञहरुका अनुसार अहिले शुरुभएको शीतकालीन चीसोले गर्दा यो अबधिमा कोरोना संक्रमण अझ बढ्ने आकलन छ । यसलाई कोरोना कहरको दोश्रो लहरको संकेत भनिदैछ । एशियामा धेरै जनसंख्या भएको चीनलाई छोडेर भारत लगायत धेरै देशहरुमा कोरोना संक्रमित र त्यसको कारणले मृतकको संख्या बढिरहेको छ । यो निराशाजनक स्थिति छ । तर अर्कोतिर कोरोनाको खोप(भ्याक्सिन) बिश्वका कयौं देशहरुले बिकसित गरिरहेको र त्यसमा कयौ कोरोनका बिमारीहरुले स्वेच्छिक परीक्षण जारी राखेकोले आशाजनक समाचार पनि आइरहेका छन् । संक्रमित रोगीहरुमा परीक्षण पछि आउन लागेको नयाँ बर्ष २०२१ को फेब्रुअरीसम्म ठूलो मात्रामा खोप लगाउने अभियान जारी हुने अपेक्षा पनि गरिदैछ ।

यो लेख तयार पार्दासम्म बिश्वमा नोभेम्बर २४ बिहानको कोरोना संक्रमणको अभिलेख ५ करोड ९४ लाख ९५ हजार ९५९ पुगिसकेको छ । यीमध्ये ४ करोड ११ लाख ३९ हजार ५२१ निको भएको उल्लेख छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख १ हजार ५१६ पुगेको छ । अहिले पनि १ करोड ६९ लाख ५४ हजार ५२२ संक्रिय संक्रमित रहेका छन् भने तीमध्ये १ लाख ३ हजार ५८१ गम्भीर स्थितिबाट गुज्रिरहेका छन् ।

बिश्वमा सबैभन्दा बढी संक्रमित देश अमेरिकामा यतिबेला १ करोड २७ लाख ७१ ह्जार २२९ रहेका छन् भने त्यहाँ कोरोनाबाट २ लाख ६३ हजा ६३९ जनाको मृत्यु भइसकेको छ । दोश्रो नम्बरमा रहेको भारतमा यतिबेला कोरोना संक्रमितको संख्या ९१ लाख ७७ हजार ६९० पुगेको छ भने मृतकको संख्या पनि १ लाख ३४ हजार २५१ रहेको छ । तेश्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६०लाख८८हजार ००४ र मृतकको संख्या १ लाख ६९ हजार ५४२ पुगेको छ ।

कोरोना संक्रमितहरु र मृतकमा पर्ने अग्रभागमा रहेका दश अन्य देशहरुमा क्रमशः फ्रान्स, रसिया, स्पेन, बेलायत, इटली,अर्जेण्टिना,मेक्सिको,जर्मनी र दक्षिण अफ्रिका अहिलेसम्म देखिएका छन् । कोरोनाको देखापरेको देश बिश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा भने कोरोना संक्रमित रोगीको संख्या ८६ हजार ४४२ मात्र रहेको र कोरोना संक्रमणको मानचित्रमा ६८स्थानमा छ छ । चीनमा मृतकको संख्या पनि ४ हजा ६३४ मात्र रहेको छ ।

कोरोना संक्रमण फैलिन नदिन र यसबाट हुने क्षतिबाट बच्नका लागि बिश्वका देशहरुमा लकडाउन गरिनका कारणले गएको अप्रिलदेखि जूनसम्मको तीन महिनाको मात्र हिसाब किताबको खोजी गर्दा पनि बिश्लेषकहरुले उत्पादनमा ठूलो कमी आएको पाएका छन् । यो गिरावट आउँदा गत बर्षको त्यसै अबधिको तुलनामा सकल घरेलु उत्पादन(जीडीपी)मा ऋणात्मक स्थिति रहन गएको देखिएको छ ।

यस श्रृंखलामा भारतको बिकास दर १३.९ प्रतिशतले तल झरेको छ । यता पछिल्लो समय २०२० जुलाई—सेप्टेम्बरमा लकडाउन खुकुलो पार्द यी देशहरुको जीडीपीमा सुधार त देखापरेको छ तर जीडीपी ऋणात्मक स्थिति मै रहिरहेको छ । यस क्रममा संयुक्त राज्य अमेरिकाको जीडीपीमा सबैभन्दा बढी ३२.९ प्रतिशत गिरावट दर्ता भएको छ। बिश्वका अरु देशमा यो ऋणात्पक जीडीपी दरको तस्वीर यस्तो छ — बेलायत २०.४ प्रतिशत फ्रान्स १३.८ प्रतिशत, इटली १२.४ प्रतिशत क्यानाडा १२.० प्रतिशत र जर्मनी १०.१ प्रतिशत रहेका छन् । बिश्वमा चीन मात्र एउटा यस्तो ठूलो देश रहेको छ जसको उत्पादन गत बर्षको यसै अबधिको तुलनामा बढ्न गएर जुलाई—सेप्टेम्बर २०२० मा बृद्धि दर ११.७ प्रतिशतले धनात्मक रहेको देखिएको छ ।

बिश्वका जुन जुन देशमा जनसंख्या बढी छ त्यहाँ कोरोना संक्रमण र मृत्युको संख्या पनि बढी नै छ । यस सन्दर्भमा बिभिन्न देशहरुमा संक्रमितको संख्या र मृतकको संख्या तुलाना गर्न प्रति एक लाख जनसंख्यालाई आधार बनाइनु तर्कसंगत र अधिक उपयुक्त हुने ज्ञाता बिश्लेषकहरु बताउँदछन् ।प्रति लाख जनसंख्याका आधारमा कोरोना संक्रमितमा अग्रभागमा रहेका बिश्वका आठ देशहरुमा मृतकको संख्या हेर्दा पेरुमा ५०७, अमेरिकामा ३७७, ब्राजिलमा २९०, स्पेनमा २३६ बेलायत २०८ इटली २१४ र मेक्सिको १९५ र सरिया १३८ रहेका छन् ।

भारतमा एक लाख जनसंख्यामा संक्रमित ब्यक्तिको संख्या ६७ रहेको छ जबकि चीनमा त भारतको यो संख्याको १० प्रतिशत अर्थात मात्र ६ रहेको छ । कोरोनाबाट भएको प्रतिलाखमा संक्रमित रोगीहरुको मृत्युको स्थिति यी देशहरुमा यस प्रकार रहेको छ — पेरु १०१, अमेरिका ६४, ब्राजिल ६९, स्प्ेन ६८, बेलायत ७४, इटली ६३ र मेक्सिको ६४ । भारतमा प्रति लाख जनसंख्यामा मात्र ७ कोरोना संक्रमितको मृत्यु भएको दर्शाइएको छ ।

बिश्वका बिकसित देशहरुको तुलनामा भारतमा प्रतिलाख जनसंख्यमा कोरोना संक्रमितरको संख्या र मृतकको संख्या धेरै कम हुनु र अमेरिका जस्ता सम्पन्न देशहरुमा यो संख्या अधिक हुनुको कारण के हो ? यस सम्बन्धमा अर्को एउटा अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनको निष्कर्श यस्तो रहेको छ । भारतमा मार्च २०२० मा कोरोना कहरबाट नागरिकलाई जोगाउन र अर्थब्यबस्थालाई बचाउनका लागि नागरिकहरुको स्वास्थ्य, आजीबिका र उत्पादन अर्थात जीडीपमा कुनै एउटालाई प्राथमिकता निर्धारण गर्न भारतले लकडाउन लगायत अन्य उपायहरुको सहारा लियो र नागरिक जीवन र स्वास्थ्यलाई रक्षागर्ने कुरालाई प्राथमिकता दियो ।

यसबाट आम नागरिक खाशगरी दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मानिसहरुलाई अत्यन्तै ठूलो कठिनाई त आइलाग्यो । तर त्यसको मूल्यमा कोरोना संक्रमित र त्यसबाट हुने मृत्युलाई स

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्