प्रधानमन्त्रीलाई पर्खदै राजपा ।।



जेठ,२५
images rajapa
चुनाबमा जाने, नजाने अन्यौलमा रहेको राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाको कदम अनुसार बाँकी निर्णय गर्ने जनाएको छ । यसअघिका प्रधानमन्त्रीहरुले आफ्नो माग पुरा नगरेको भन्दै देउवालाई प्रधानमन्त्री बनाउन नैतिक समर्थन गरेका राजपा नेताहरुले आफूहरुको माग पुरा गर्न प्रधानमन्त्री देउवाले पहल गर्ने विश्वास लिएका छन् । आज÷भोली सम्म प्रधानमन्त्री मन्त्रीमण्डल विस्तारमा नै व्यस्त हुने भएकाले १÷२ दिन पर्खने र त्यसपछि छलफलका आधारमा निर्णय गर्ने राजपा नेताहरुले बताएका छन् ।

 

Dewa

 

नेता अनिल झाले अहिलेकै अवस्थामा राजपा चुनाबमा जाने अवस्था नभएको तर चुनाब अघि नै संविधान संसोधनको बिषयमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । यसो भए आफूहरु चुनाबमा जाने उहाँको भनाइ छ । सरकारमा पनि जाने गरि प्रधानमन्त्री देउवालाई समर्थन गरेको भनिएपनि राजपाभित्र सरकारमा जाने÷नजाने विषयमा एकमत हुन सकेको छैन । यस्तै राजपामा चुनाब अघि नै संविधान संसोधन पारित गराउने वा संसोधन पारित नभएपनि चुनाबमा जाने भन्नेमा पनि एकमत हुन सकेको छैन । अब, प्रधानमन्त्रीको बाँकी कदमको आधारमा आफुहरुले निर्णय गर्ने राजपा नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्