न्याय माग्दा प्रहरीको तातो गोलीबाट युवाको मृत्यु



महोत्तरीको बर्दिबासमा ६ बर्षकी बालिका गुलाब शाह ( खातुन )को बलात्कार पछि हत्या भएको शब परिवार र स्थानीयले फेला पारे पछि बलात्कारीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका थिए ।

महोत्तरी बर्दिबास १४ सुभम बस्तिबाट आइतबार साझ देखि हराएकी सहिद आलमका छोरी गुलाब शाहको शब बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार मध्य रातमा भेटिएको थियो ।

आइतबार घरबाट चक्लेट किन्न अरुण कुमार शाहको घरमा रहेको पसलमा गए पछि बालीका घर फर्केर आएकी थिइन् ।
परिवार , स्थानीयको शंकाको घेरामा रहेको अरुण शाह र घर समेत बालिकाको शब भेटिए पछि घर पुर्ण रूपमा स्थानीयले जलाइदिएका छन् ।

बर्दिबास गौशाला ५ का २५ बर्षका अरुण कुमार शाहले हत्या गरेको आफैंले स्वीकार गरेको र उसलाई प्रहरीले सरक्षण गरेको भन्दै स्थानीय आन्दोलन भएका थिए ।

आन्दोलनमा उत्रिएका स्थानीयहरुको भिड नियन्त्रण गर्न मगलबार प्रहरीले गोली चलाएको थियोे ।
प्रहरीको गोलीबाट तीन जना घाइते भएका थिए ।

घाइते मध्य सन्जय भनिने बुद्धिराज न्यौपानेको अबस्था निकै गम्भीर भए पछि उनलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ ग्रान्डी अस्पताल ल्याइएको थियोे ।

बुद्धिरामको उपचार कै क्रममा राती १२ बजेर ४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्