बुटवलमा कार दुर्घटना हुँदा दुई जना घाइते



बुटवलमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ५ बजे बुटवल उपमहानगरपालिका-१० कालिका मानव ज्ञान स्कुल अगाडिको आकाशेपुलमुनि बा १२ च ७४५६ नम्बरको कार दुर्घटना भएको हो।

सो कार बुटवलबाट भैरहवातर्फ जाँदै थियो।

कार आफैं अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिल्ली नारायण पाण्डेले बताए।

दुर्घटनाबाट चालकसहित दुई जना घाइते भएका छन्। घाइते हुनेमा रुपन्देहीका चालक सुरज कार्की र खैरेनीका विपिन ज्ञवाली छन्।

उनीहरूको लुम्बिनी प्रदेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार चालक कार्कीको अवस्था सामान्य छ भने ज्ञवालीको घुँडामुनिको भागमा गम्भीर चोट लागेको छ।

उक्त कार दुर्घटनापछि उछिट्टिएर अर्को लेनमा पुगेको छ। कारको इन्जिन पनि निस्किएको छ। प्रहरीले दुर्घटना हुनुको कारणको अनुसन्धान गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्