त्रिशुलीमा जिप खस्यो, ३ बेपत्ता, खोजीकार्य जारी



काठमाडौं । पिकअप जिप त्रिशुलीमा नदीका खस्दा ३ जना बेपत्ता भएका छन् । प्यूठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् । जना नदीमा पौडिएर एकजना भने निस्किन सफल भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ स्थित नाग्दी खोला नजिकबाट लु१च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको हो । दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका–१ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते छन् ।

साथै बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए । घाइते मुकुन्दले पानीमा पौडिएर बाहिर आएको प्रहरीलाई जानकारी दिएका छन् ।

उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ । पिकअप भ्यान पानीले डुबेर नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको चितवनका प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्