त्रिशुली नदीमा भ्यान खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटियाे



चितवन। प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ।

प्रहरीले ३ जना बेपत्ता भएकामा २ जनाको शव भेटिएको जनाएको छ। चालक सूर्य के सी र भ्यानमा सवार जमुना रोक्काको शव भ्यानभित्रैबाट निकालिएको हो।

आज बिहान साढे ५ बजे लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नागदी खोला भन्ने स्थानबाट त्रिशुलीमा खसेको थियो।

सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा ३ जना बेपत्ता भएका हुन्। अझै एक जना बेपत्ता रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्