गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु चिन्ताजनक : महासचिव पौडेल



बुटवल। नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टीमा गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु चिन्ताजनक भएको बताएका छन्। बुटवलमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले एकतालाई संकटमा पार्ने गरी पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको बताए।

पार्टीमा गम्भीर संकट उत्पन्न भएको उल्लेख गर्दै उनले एकअर्काबीच खुइल्याउने गरी गैरराजनीतिक बहस नगर्न पनि आग्रह गरे। जनताले स्थिरता चाहेको बेला गैरराजनीतिक कुरा उचालेर संकट पैदा गर्नु उचित नभएको उनको भनाइ थियो।

पौडेलले पार्टीमा विग्रह भए नेकपा नरहने र त्यसले सिङ्गो मुलुकलाई नै हानी पुग्ने जिकिर गरे। पार्टीभित्रको अन्तरविरोधको समाधानले देशको विकास, समृद्धि र समाजवादको बाटो समय तय गर्ने उनको भनाई थियो। पौडेले सरकार ढल्ने आशंका नगर्न पनि सबैलाई आग्रह गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्