गुल्मी जिप दुर्घटना अपडेट, विवरण सहित



आज मिति २०७७।०८।१२ गते अ.०७२० बजेको समयमा जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ हुल स्थित हुल बाट बाट तम्घास तर्फ आउदै गरेको लु.१ ज ११६६ जिप नं. को जिप एक्कासी अनियन्त्रित भई सडक बाट अ.४०० मिटर तल खस्न जाँदा उक्त गाडीमा सवार चालक सहित १० जना मध्य ५ जनाको घटनास्थलमा मृत्यु भएको र २ जना घाईते भई उपचारको लागी जिल्ला अस्पताल गुल्मी पठाईएको घटनास्थलमा प्र.ना.नि.मोहनलाल अधिकारीको कमाण्डमा ५ जना र जि.प्र.का.बाट प्र.नि.सन्तोस चन्दको कमान्डमा ५ जनाको टोली खटि गएको चालक जिल्ला गुल्मी ईस्मा गाँउपालिका ७ सैया बस्ने बर्ष २४ को बुद्द बस्नेत नियन्त्रणमा २ जनाको खो.त.भई रहेको उक्त स्थान चौकी बाट अं. ६ कि.मी.पुर्ब पर्ने,नामथर वतन खुलाउने पहल भई रहेको बि.बी.पछी.।
निम्न
१.जिल्ला गुल्मी ईश्मा गा.पा.४ हुल बस्ने बर्ष बर्ष अं.६५ को डम्मर ब.धिताल घटनास्थलमा मृत्यु भऐको।
२)ऐ.बस्ने बर्ष ३३ को शिब ब.दर्लामी घटनास्थलमा मृत्यु भऐको। पाल्पामा कार्यरत बहाल वाला नेपाली सेना
३) ऐ.बस्ने बर्ष ३० को बसन्त दर्लामी घटनास्थलमा मृत्यु भऐको।
४) ऐ.बस्ने बर्ष ३३ को धन ब.अछामी घटनास्थलमा मृत्यु भऐको। बहाल वाला नेपाली सेना
५)ऐ.मालिका ५ बस्ने बर्ष ८० को सुन्दरी थापा घटनास्थलमा मृत्यु भऐको।

घाईतेको बिबरण
जिल्ला गुल्मी ईस्मा गाँउपालिका ४ हुल बस्ने बर्ष १९ को फर्सुराम थापा सिरियस।
ऐ.बस्ने बर्ष २८ कि स्वरसती दर्लामी हात भाचिएको मध्यम।
ऐ.बस्ने बर्ष २६ को कमल धिताङ हात मा चोट मध्यम।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्