नेपालमा थप १७ सय ३ जनामा कोरोनासंक्रमण पुष्टि



काठमाडौं। नेपालमा थप १७ सय ३ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ। १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ। यस्तै, काठमाडौं उपत्यकामा मात्र ८२२ जना संक्रमित थपिएका छन्। यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन्। अहिले काठमाडौं, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

यो अवधिमा १२ सय ३६ जना निको भएका छन्। हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएका छन्। हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ। संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्