निर्मला हत्या कान्ड नसेलाउदै अर्को बालिकाको हत्याको घटना पजल झै उल्झिदै, निर्दोष न्यायको आसमा



के एउटा मृत्यु भइ सकेको बालिकालाई न्याय दिलाउनु पत्रकारको दायित्व र कर्तव्य होइन? पैसाको लोभ लालचको भरमा गलत समाचार सम्प्रेषण गर्न लगाउने र लेख्नु दुबै कानुनि अपराध हो । जो कुसुरवार नै छैन त्यसलाई किन सजाय दिने? कुसुरवार हो भन्ने सबुत अझ भेटिएको छैन त? मेडिकल रिपोर्टमा सफा तरिकाले रेप भएको देखाइएको छैन भने प्रहरीले कुन कुसुरमा निर्दोषलाई थुनामा राखेको छ ? कतै यो सेटिङ त होइन? भन्ने जनतामा त्रास समेत फैलिरहेको छ ।

प्रहरी अनुसार पनि मृतक बालिकालाई रेप गरेको हो भन्ने कुनै प्रष्ट प्रमाण छैन । एउटा मान्छेले दिएको बयानको भरमा ४ जनालाई थुनामा राख्नु न्याय होइन र यो उचित पनि होइन । त्यसैले व्यान दिने व्यक्तिले बोलेको एक एक बोल सहि हो कि होइन त्यो पत्रकार र प्रहरी दुबैले छानबिन गर्नु असल नेपाली बिरको कर्तव्य हो ।

अरुको चरीत्र हत्या गर्नु भन्दा पनि हत्या कस्ले गरेको हो सत्य तथ्य छानबिन गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउन जरुरी छ ।

यो विषयमा राजनीति दलका केही राजनीति कर्ता नेताहरुको पनि केही सेटिङ रहेको खुल्नमा आएको छ तर अझ मुख्य सबुत हात लागेको छैन तर अब केही समयमा यो विषयमा प्रष्ट हुनेछ र वास्तविकता जनताको माझमा आउनेछ । छानबिन भइ रहेको छ यदि श्रोत सत्यहो भने ती नेताहरुलाई पनि चपेटामा लिइने छ ।

अन्त्यमा पत्रकार र पत्रकारिताको सहि उत्तर बुझ्न जरुरी रहेको देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्