विप्लवका केन्द्रीय नेतासहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश



काभ्रेपलाञ्चोक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा-माओवादीका काभ्रेपलाञ्चोकस्थित केन्द्रीय नेतासहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीलाई पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वगात गरे।

नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका-१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका-५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी संघको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन्।

नवप्रवेशी तामाङले चन्दा आजको आवश्यकता नभएकाले उक्त पार्टी परित्याग गरी वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण संघर्षमा समाहित भएको बताए। उनले भने, ‘बम र सिलिण्डर विस्फोटन गरेर क्रान्ति हुन्न, पार्टीभित्र मुक्तिका लागि लड्ने कोही देखिएनन् त्यसैले पार्टी त्यागेका हौँ।’

तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जनामात्रै रहेको र जनवर्गीय संगठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन्। उनीहरुमध्ये केहीलाई नेकपामा पुनः प्रवेश गराउने प्रयास भइरहेको तामाङले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्