म्याराडोनाको शवसँग फोटो खिचाएका एक कर्मचारी जागिरबाट निष्कासित



काठमाडौं। अर्जेन्टिनाका पूर्वफुटबलर डिएगो म्याराडोनाको शवसँग फोटो खिचाएका एक कर्मचारी जागिरबाट निष्कासित भएका छन्।शवको अन्त्येष्टि गर्ने एक कर्मचारीले म्याराडोनाको शवसँग फोटो खिचाएका थिए।

उक्त फोटो खिचाउने व्यक्ति क्यालउडिओ फर्नान्डेज हुन्। उनको अन्य फोटोमा आफ्ना छोरा तथा सहकर्मीसँगै उनले कफिनसहितको पोज दिएको देखिएको छ। उनले एक हातले ‘थम्बअप’ र अर्को हातले खुला कफिनको बाकसभित्र रहेको म्याराडोनाको शवको निधारमा छोएको फोटो खिचेएका थिए।

उनको यो कार्यको अन्तर्राष्ट्रियरुपमा नै विरोध भएको थियो। अन्तर्राष्ट्रियरुपमा नै विरोध भएपछि क्लाउडिओले आफ्नो क्षमायाचना गरेका छन्। उनले आफ्नो यस किसिमको फोटो खिचाउने कुनै योजना नरहेको बताएका छन्। उनले आफूलाई धेरै मानिसहरुले ज्यान मार्ने धम्की दिएको बताएका छन्।

उनले आफ्नो यस किसिमको अपमानजनक फोटोका लागि माफी दिन सबैलाई आग्रह गरेका छन्। उनले आफूले म्याराडोनाको परिवारको नजिकै रहेर लामो समय काम गरेकाले उनीप्रति आफ्नो सदैव सम्मान रहने बताएका छन्। म्याराडोना आफ्नो आदर्श रहेको भन्दै क्लाउडिओले उनको अपमान गर्ने आफ्नो कुनै नियत नरहेको स्पष्ट पारेका छन्। स्रोत: डेलीमेल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्