हामी आफै कति महिलामैत्री छौ?



शाहिदा बानों/बाकें
हामी महिला शसक्तीकरण र महिला अधिकारका कुरा गर्ने संघसंस्था र व्यक्तित्वहरु महिलामैत्री निकाय महिलामैत्री कानून , महिलामैत्री शिक्षा प्रणाली, महिलामैत्री राजनैतिक परिवेश र महिलामैत्री सामाजिक वातावरणका ठुल्ठुला कुरा त गर्छौं ।

हामी आफै कतिको महिलामैत्री छौं कतिले मनन गरेकाछौं । एउटी महिला जब आफ्नी छोरीको विवाहको लागि सहयोग वा उपचारका लागि सहयोग गर्न भनी हामी कहां आउछिन् ।

तब उनलाई हामी नेपालको दाईजो र विवाह सम्बन्धी कानून सिकाउंछौं । अझ् मुस्लिम भइदिए उनलाई हामी सुन्नत तरिकाले शरबत खुवाएर निकाह गर्नुस् भनी सल्लाह दिन्छौं । जबकी हामी आफ्नै छोरी बहिनीको विवाह बढो धूमधाम साथ ठुल्ठुला होटेल पैलेसमा भव्य रुपमा सम्पन्न गराएर गर्व महसुस गरेका हुन्छौं ।

अनि महिलाका शसक्तीकरण र अधिकारका कुरा त गर्छौं तर एउटी महिला जब आफ्नो बांच्न पाउने अधिकारसहित हामी कहां उपचार का लागि आर्थिक सहयोगका लागि आउछिन् तब हामी उनलाई सरकारका स्वास्थ्य सम्बन्धी योजना गनेर सुनाउछौं र यस सम्बन्धमा त हाम्रो बजेट शीर्षक नै छैन् सो हामीले सहयोग गर्नै मिल्दैन् भनेर शय पचास रुपैंया दिएर पठाउछौं ।

बिना दाईजो बिना खानपिन मात्र शरबत खाएर विवाह गर्नु र गराउनुपर्छ भनी हामी भन्न त भन्छौ । तर बिना दाईजो, बिना खानपान ,शरबत र चिया मात्र खुवाएर हामी आफैले आफ्नो परिवार को कति विवाह सम्पन्न गर्यौं भनी कसैले सोध्छ भने हामीसंग कुनै एउटा उदाहरण छ ?

सरकारको स्वास्थ्य र महिला सम्बन्धी योजनाहरु बारे हामी समुदाय स्तरमा कति सचेत र शसक्त बनाएकाछौं कुनै मापन छ ?
जब महिलाको जीवन रक्षाका लागि हामीसंग बजेट शीर्षक नै छैन् भने हामी कतिका महिला मैत्री छौं भनी हामी आफ्नै मनन गरौं । र जुन कुराको परिवर्तन हामी समाजमा हेर्न चाहन्छौं त्यो परिवर्तनको सुरुआत आफैबाट गरौं भनी मेरो नीजि विचार ।

सहमत हुने र असहमत हुनेले आ आफ्ना मत र विचार राख्न सक्नु हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्