क्रिकेटर सन्दीप लामिछाने अस्पतालमा भर्ना



काठमाडौं। कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछाने ह्याम्स अस्पतालमा भर्ना भएका छन्। शनिबार संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका सन्दीप आइतबार साँझ अस्पताल भर्ना भएका हुन्।

अस्पताल भर्ना भएको स्वासथ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। एक्लै हामो आइसोलेशनमा बस्दा उनको हेरचाहमा समस्या हुन सक्ने भन्दै उनलाई अस्पताल भर्ना गरिएको हो। सन्दीपले गएको शनिबार ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्