देशभरका ३९६ स्थानीय मध्ये कपिलबस्तुको ३ पलिकामा पनि अस्पताल शिलान्यास



सुरेश कुमार पांण्डेय ,कपिलबस्तु मंसीर १५
देशभरका ३९६ स्थानीय तहहरुमा सरकारले आज एकसाथ अस्पताल शिलान्यास गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचका लागि ती स्थानीय तहमा १५ शैया सम्मका अस्पताल शिलान्यास हुने क्रममा कपिलबस्तुको ३ स्थानीय तहमा पनि अस्पतालको शिलान्यास गरिएको हो ।

४४ हजार जनसंख्या रहेको कपिलबस्तुको यशोद्धरा गाउपालिकामा ५ शैया अस्पताल, ५८ हजार जनसंख्या रहेको शुद्धोधन गाउपालिकामा १० शैया र ४८ हजार जनसंख्या रहेको मायादेवी गाउपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ ।

शिलान्यास भएका ती अस्पताल दुई वर्ष भित्रै सञ्चालनमा ल्याइने सरकारको तयारी छ । ती अस्पताल बनाउन र उपकरण जोड्न रु.५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ खर्च हुनेछ ।

पाँच शैय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी हुनेछन् । त्यस्तै १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी हुनेछन् । १५ शैयाको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्