बुधबार देशभर थप थपिए १,४९० जना कोरोना संक्रमित



काठमाडौं। बुधबार देशभर थप १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, थप १ हजार ५६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मतकको संख्या १ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्