प्रहरीको डण्डाले पेलेको जीउ आज झन दुख्न थाल्योः पौडेल



दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट पेलिएको आफ्नो शरीर दिउँसोभन्दा साँझ दुखाइ बढ्दै गएको बताएका छन् ।

बुधबार पौडेललाई गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘हिजोभन्दा आज दुःखाइ बढी छ ।’ सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको पौडेलले बताए ।

‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्