२५ जेठ, रौतहट ।
विप्लव समूहका कार्यकर्तालाई विष्फोटक पदार्थसहित प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । विप्लवका दुई कार्यकर्ताहरु ३० थान डेटोनेटर, २२ थान जिलेटिन र ४ थान फ्युजसहित चन्द्रनिगाहपुरवाट पक्राउ परेको प्रहरीले जनाएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी नभएको बिप्लव समुहले पहिलो चरणको स्थानीय तह निर्वाचन बिथोल्न विभिन्न प्रयास गरिरहेको छ । दोस्रो चरणको निर्वाचन बिथोल्ने प्रयासमा रहेको विप्लव समूहलाई प्रहरीले निगरानीमा राखेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।