सगमाथाको नयाँ उचाई सार्वजनिक गर्ने



काठमाडौं। विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने जानकारी दिए।

उनले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको बताए।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्त रुपमा उचाइ घोषण गर्ने सहमति भएको थियो। विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान र्पुयाउने व्यक्तिहरूलाई सम्मान गर्ने जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्