श्रीमानको मृत्यु भएको खबर पाएपछि २३ वर्षीया नेपाली युवतीले गरिन्र अत्महत्या : साईप्रस



साईप्रस । साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । नेपाल ठेगाना दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ ।

मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियारले जानकारी दिएका छन । मृतक तमाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियारले बताए ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा गाडी ड्राइभरको पेशामा कार्यरत रहेका थिए । आइतबार दुर्घटनामा परि श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा शुक्रीले आत्महत्या गरेको बताइएको छ ।

मृतक तामाङले आफु मर्नुभन्दा अगाडि समाजिक संजाल टिकटकमा श्रीमानको दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन्। मलाया खबरमा खबर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्