टंक बुढाथोकी र अशोक दर्जीको भोकलमा ‘मन बिनाको धन ३’ रिलिज



टंक बुढाथोकी र अशोक दर्जीको भोकलमा ‘मन बिनाको धन ३’ रिलिज भएको छ । गायक टंकको शब्द ,संगित ,एरेन्ज रहेको गीतको भिडियोको कन्सेप्ट र निर्देशन पनि टंक स्वयमकै रहेको छ । सहायक निर्देशकमा टंकलाई सोम मगरातिले साथ दिएका छन् ।

नवीन निरौलाको सम्पादन रहेको म्युजिक भिडियोलाई भूपेन्द्र तुमबाम्फेले खिचेका छन् । टंककै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतले जातीय भेद भाव विरुद बोलेको छ । गीतको भिडियोमा टंक र अशोक आफैँ फिचर्ड छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्