बिद्यार्थी र तरुणले गरे शिक्षा बंचित बालिकालाई सहयोग



कपिलवस्तु, २ पुस आर्थिक अवस्थाका कारण ९ कक्षा भर्ना हुन नपाएकी जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ७ सोमडिहकी छात्रा सिमा रैदासका लागी सहयोग जुट्न थालेको छ । आर्थिक अभावले बालिकाले पढ्न नपाएको समाचार प्रमुखताका साथ प्रकाशनमा आएका थिए। समाचार प्रकाशन भए पछि नेपाल तरुण दल र नेबिसंघले बालिकालाई घरमै पुगी सहयोग गरेको छ । नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी र नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको अगुवाईमा सिमालाई सहयोग गरिएको हो ।

सिमालाई परिवारले भर्ना र मासिक शुल्क व्यवस्थापन र साईकल किन्नको जोहो गर्न नसक्दा पढाई रोक्नु परेको थियो । गाँउको कोपवाको बिद्यालयमा ८ पास गरेकि उनले आर्थिक अभावले बैदौलिको अनिरुद्ध पब्लिक बिद्यालयमा ९ कक्षा भर्ना हुन पाएकी थिईनन । बुटवल टुडे दैनिक सहितका पत्रिका र अनलाईनको समाचारका आधारमा नेबिसंघ क्षेत्रीय सभापति पोख्रेल, तरुण दलका अध्यक्ष ठकुरी, तरुण दल क्षेत्रिय अध्यक्ष तिलक थापा, सदस्यहरु राजन आले र लक्ष्मी कुवर सहयोगका सामाग्री सहित सिमाको घरमै पुगे । काँग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, महासमिती सदस्य परमात्मा पाठक, नेबिसंघ जिल्ला अध्यक्ष राकेश पाण्डेय, तरुण दल क्षेत्रिय अध्यक्ष राजेश उपाध्याय, वडा नम्बर ७ का अध्यक्ष चन्द्र प्रकाश दुबे, वडा सदस्य सुनिता चमार र सोही वडाका बालमैत्री कार्यक्रमका बाल सहजकर्ता परुवालाल यादवको उपस्थितीमा सिमा, उनका बाबू रामसुभग र आमा नैनमतिलाई साईकल सहितका सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामाग्रीमा साईकल, झोला, ज्याकेट, बिद्यालय ड्रेस, कापी र अन्य शैक्षिक सामाग्री छन । आफुले बिद्यालय जानका लागी सहयोग पाएकोमा खुसी लागेको सिमाले बताईन ।

बिद्यालयको शिक्षालाई निरन्तरता दिन अब थप सहज भएको उनको बुझाई थियो । तरुण दल र नेबिसंघले सामाजिक कार्यहरु गर्दै आएको स्मरण गराउदै बालिकाले आर्थिक अभावले पढ्न नपाएको समाचार प्रकाशनमा आए पछि आफुहरुले उनलाई सहयोग दिन आई पुगेको नेबिसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए । “हामी भविष्यमा पनि यस्तै सामाजिक कार्य गर्न तत्पर रहने छौ ।” उनले भने । समाचारका आधारमा आफुहरुले बालिकाको शिक्षा निरन्तर रहोस भन्ने उदेश्यले सहयोग गर्न आई पुगेको तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले स्पष्ट पारे ।

“दुखः मा परेकाहरुको लागी सानो सहयोगले पनि ठुलो महत्व राख्छ । हामीले जिल्लाभर यस्तै सहयोगका कार्य जारी राख्ने छौ ।” अध्यक्ष ठकुरीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्