सामाजिक काममा उदाउदै एलिजा ७७ जिल्लामा बिपन्नहरुलाई घर बनाइदिने



सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएकी छिन  |

आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरु सबैमा मेरो सादर नमस्कार;🙏🇳🇵
सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ । आउनुहोस “हातमा हात र काँधमा काँध मिलाएर” यस सामाजिक कार्यको लागि सहकार्य गरौं । “अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ?” भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं । यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं । हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु । धन्यवाद ।
एलिजा गौतम🙏❤️🇳🇵

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्