बिवाहाको बर्षगाँठमा श्रीमानले दिए श्रीमतीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार



बीबीसी 

काठमाडाैँ। भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र आजकाल निकै चर्चामा छन्। उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन्।

उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन्। बीबीसी हिन्दीसँगको कुराकानीमा धर्मेन्द्रले आफूले एक वर्ष अघि नै श्रीमतीलाई वर्षगाँठको उपलक्ष्यमा चन्द्रमाको जग्गा उपहारमा दिने निर्णय गरिसकेको बताए।

उनले भने, ‘यो सरप्राइज दिनु सहज थिएन। थुप्रै स्थितीको सामना गरेर सपनाका लागि चन्द्रमामा जग्गा खरिद गर्ने सपना पूरा भएको हो।’ धर्मेन्द्रले भने, ‘चन्द्रमामा जग्गा खरिद गर्नु सहज छैन। यदि सहज हुँदा हो त जो कोहीले पनि किन्थे होलान्।’

चन्द्रमामा कहाँ खरिद गरे जग्गा ?

धर्मेन्द्र अनिजाकी श्रीमती सपना अनिजा भन्छिन्, ‘उपहारमा चन्द्रमाको जग्गा पाउँदा यति खुसी भएकी थिएँ कि कति पटक त रुन मात्रै मन लागिरहेको थियो । यस्तो उपहार पाउने सायद म संसारकै सबैभन्दा भाग्यमानी महिला हुँ ।’

उनी भन्छिन्, ‘कार्यक्रममा जब मलाई ‘के सरप्राइज दिइँदै छ अनुमान गर्नुहोस् त’ भनेर प्रश्न सोधियो तब मैले कुनै गाडी, गहना वा केही विशेष उपहार होला भनेर सोचेकी थिएँ। तर चन्द्रमाको जग्गा नै उपहारमा होला भनेर कहिले पनि सोचेकी थिइनँ ।’ सपनाको नाममा चन्द्रमामा १४।३ नर्थ ल्याटिट्युड ५।६ ईस्ट लन्गिट्युड, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा तीन एकड ९२३ रोपनी० जमिन खरिद गरिएको छ ।

को हुन् धर्मेन्द्र अनिजा ?

धर्मेन्द्र अनिजा र सपना अनिजा अजमेरका बासिन्दा हुन् । उनीहरु यहाँकै स्कूल र कलेजमा पढेका हुन् ।अजमेर सरकारी कलेजमा नै दुईको भेट भयो र पछि विवाह भयो ।

विवाह लगत्तै धर्मेन्द्र अनिजा ब्राजिलमा टूर एण्ड ट्राभलको व्यापार गर्र्दै आएका छन् र उनका आमा–बुवा अजमेरमा नै बस्छन्। पछिल्लो करिब १० महिनादेखि धर्मेन्द्र अनिजा अजमेरमा आफ्नो परिवारसँगै बस्दै आएका छन्। उनीहरुका एक वर्षकी छोरी छिन्। धर्मेन्द्रका पिता रामदयाल अनिजा कन्ट्र्याक्टर हुन् र सपनाका पिता गिसुलाल अर्नेडिया अवकाशप्राप्त बैंक म्यानेजर हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्