प्रदेश प्रमुख तोक्ने सरकरको तयारी



सैघाली खबर
काठमाडौं,२४ पुस

सरकारले प्रदेश प्रमुख तोक्ने विषयमा  मन्त्रीपरिषदमा छलफल गर्दैछ । आजै प्रदेश प्रमुख तोक्ने तयारी रहेको मन्त्रीहरुले बताएका छन् । तर, मन्त्रिपरिषदको बैठक कति बेला बस्ने तय भइसकेको छैन । वाणिज्य मन्त्री मीन विश्वकर्माले आज मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

बैठकको समय बिहान बाट साँझ सार्ने विषयमा प्रधानमन्त्रीको तर्फबाट जानकारी आएको उहाँले बताउनुभयो । प्रदेशप्रमुखको नियुक्ति गरे पनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उहाँले स्पस्ट पार्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्