जग्गाको स्वामित्व नपाएका पुनर्वासका सुकुम्बासी द्वारा मौन जुलुस प्रदर्शन



२१ पुष  काठमाडौँ   ।  जग्गाको स्वामित्व नपाएका पुनर्वास का सुकुम्बासी द्वारा मौन जुलुस प्रदर्शन माग पूरा नभए नगरपालिका मा तालाबन्दी गरिने कञ्चनपुर धनबहादुर बिक पुनर्वास पुस २० अव्यवस्थित सुकुम्बासी लाई जग्गा धनी पुर्जा वितरण सम्बन्धि जिल्ला का अन्य स्थानीय तहले तिब्र रूपमा कार्य अघि बढाईरहंदा पुनर्वास नगरपालिकाले ढिलासुस्ती गरेको भन्दै सोमबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास का सुकुम्बासीले बिसाल मौन जुलुस प्रदर्शन गरेका छन ।

सुकुम्बासी को समस्या समाधान गर , सुकुम्बासी लाई उपेक्षा गर्न पाईदैन , हामी सुकुम्बासी जिउँदै छौ , चुनावमा गरेका वाचा पुरा गर लेखिएका प्लेकार्ड सहित नगरपालिका को सुकुम्बासी बस्ति वडा नम्बर ५ मदनटोलबाट सुरु गरिएको बिसाल मौन जुलुस प्रतिभा नगर बजार हुँदै नगरपालिका को प्राङ्गणमा पुगि दुई घण्टा धर्नामा बसेका थिए । सुकुम्बासी संघर्ष समिति पुनर्वास ले अायोजना गरेको कार्यक्रम लाई संघर्ष समितिका अध्यक्ष जगत सायरले अगुवाई गरेका थिए ।

विशाल धर्नालाई सम्बोधन गर्दै अध्यक्ष सायरले भने २०२८ सालदेखि बसोबास गरेकोे पुनर्वास को सुकुम्बासी जनतालाई सरकारले बेवास्ता गरेको छ । अव्यवस्थित लाई व्यवस्थित बसोबास गराउने अाश्वासन मा सुकुम्बासी लाई पटकपटक झुक्याउने काम मात्रै भएको छ उनले बताए ।

जिल्लाका अन्य नगरपालिका मा अव्यवस्थित बसोवास भएका सुकुम्बासी लाई व्यवस्थित ढङ्गबाट बसोबास गराउन तथा जग्गाधनी पुर्जा वितरण सम्बन्धि तिब्रगतिमा कार्यहरू अघि बढि रहंदा पुनर्वास नगरपालिकाले भने सुकुम्बासी को लगत सङ्कलन समेत नगरेको ले सुकुम्बासी हरूले स्थानीय सरकार को चर्को बिरोध गरेका हुन । स्थानीय सरकार प्रमुख जिवनराज थापाले सुकुम्बासी को समस्या समाधान तर्फ कुनै वास्ता नगरेको उनिहरूले अारोप लगाएका छन ।

स्थानीय सरकार को निर्वाचनताका सरकार बनेको एक बर्ष भित्रै सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरण गर्ने पहिलो लक्ष्य रहेको नगर प्रमुख जिवनराज थापाले वाचा गरेपनि स्थानीय सरकार बनेको तीन बर्ष वितिसक्दा पनि कुनै पहल नगरिनु सुकुम्बासी हरूको उपेक्षा गरिएको उनिहरूले अारोप लगाएका छन । स्थानीय सरकार को तिब्र बिरोध जनाउदै उनिहरूले भने नेताहरूले सुकुम्बासी लाई जहिलेपनि भोट बैंकका रूपमा प्रयोग गर्ने गरेको अारोप लगाए ।

सुकुम्बासी लाई जग्गा धनी पुर्जा वितरण गरिदिन २०७५ असोज ७ गते अनि ०७६ साल र ०७७ पुस ७ गते स्थानीय सरकारलाई ज्ञापनपत्र दिए पनि स्थानीय सरकारले कुनै सुनवाइ नगरेको बताए । संघर्ष समितिका अध्यक्ष सायरले मौन जुलुस प्रदर्शन ले पनि सरकारले सुकुम्बासी का समस्या प्रति गम्भीर भएन भने अागामि ७७ पौष २४ गते पुन बिरोध जुलुस को अायोजना गरिने र सो पछि पनि कुनै पहल नगरिए मा पौष २६ गतेदेखि नगरपालिका मा अनिश्चितकालीन तालाबन्दी संगै नगरपालिका मा धर्ना कार्यक्रम को अायोजना गरिने चेतावनी दिएका छन ।

सुकुम्बासी हरूद्वारा अायोजना गरिएको मौन जुलुस धर्ना लाई नगर उप प्रमुख सार्दा बिष्ट धामिले सम्बोधन गर्दै भन्नुभयो सुकुम्बासी हरूको माग जायज छ हामी अत्यन्तै लज्जित छौ तर सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरण गर्ने बिषयमा हामी ले वास्ता नगरेको होइन ।

पुनर्वास को सम्पुर्ण जग्गामा राष्ट्रिय अावास कम्पनीको स्वामित्व मा रहेको ले स्थानीय सरकारको एकल पहलमा हुन नसकेको नगर उप प्रमुख बिष्टले बताईन । अब छिट्टै नै नगरबाट संघिय सरकार समक्ष डेलिगेसन गई सुकुम्बासी समस्या समाधान तर्फ स्थानीय सरकार लागिपर्ने कुरामा उप प्रमुख बिष्टले जोड दिईन ।

सुकुम्बासी हरूको मौन जुलुस कार्यक्रम नगरपालिका मा प्रवेश गरिरहंदा नगर प्रमुख थापा अन्य कार्यक्रम रहेको भन्दै नगरपालिका बाहिर रहेको नगर प्रवक्ता भारमल सुनारले बताए । प्रवक्ता सुनारले भने सुकुम्बासी हरूको समस्या समाधान गर्न अब सरकार को सम्पुर्ण टिम हरू कटिबद्ध भएर लाग्नेछौ उनले भने । तत्कालीन २०६४ साल को सुकुम्बासी तथ्यांकअनुसार पुनर्वास मा करिब १५ सय घर धुरि रहेको मा १३ बर्ष वितिसक्दा २५ सय घरधुरी सुकुम्बासी रहेको पुनर्वास सुकुम्बासी संघर्ष समितिले जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्