तुलसीपुरमा बिहीवार देखि खुला भलिबल प्रतियोगिता २०७७ सुरु



पौष२३,, तुलसीपुर ।
दाङको तुलसीपुरमा आज बिहीवार देखि खुला भलिबल प्रतियोगिता २०७७ सुरु भएको छ ।स्वतन्त्र युवा क्लब तुलसिपुर ६ राजापुरको आयोजनामा तुलसिपुर अरनिको मैदानमा संचालित प्रतियोगिता को उद्घाटन गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे) ले गरेका हुन । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा शसस्त्र प्रहरी बल र प्रदेश न ५ ले बिजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा ग्रेट अरनिको माबी तुलसिपुर लाई २५१२ र २५( २३ को सोझो सेटमा पराजित गर्दै शसस्त्र प्रहरी बल प्रदेश न ५ ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत शुक्रवार सिद्ध कुमाख र सुस्ता नवलपरासी त्यस्तै द ब्रेभ गोरखा ट्रेनिङ सेन्टर घोराही १५ र राप्ती बबई क्याम्पस तुलसिपुर भिड्नेछन् । खेल बिहान ८ बजे देखि हुनेछ । प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने आयोजक ले जानकारी दिएको छ । तीन दिन सम्म चल्ने प्रतियोगिता मा २१ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अबधिभर रेफ्री को भुमिका मा भलिबलका रास्ट्रीय रेफ्री हरिश ओलि र भलिबलका सहायक प्रशिक्षक भिम डागी,लगाएत रहनु भएको छ । यसैविच, प्रतियोगिताको उद्घाटन समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे ) को प्रमुख आतिथ्य एवं अन्तरास्ट्रिय खेलाडी जनक कुमार बाठा मगर जेके को बिशिस्ट आतिथ्य मा भएको थियो । प्रतियोगिताका संयोजक एच आर मगरको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्