विदेशबाट फर्किएकाहरु खालि बस्नु नपर्ने यति सुनौलो अबसर



पुस २६, काठामाडौं । विदेशबाट फर्किएकाहरु खालि बस्नु नपर्ने यति सुनौलो अबसरप्राप्त भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी, भक्तपुरले सीप परीक्षणका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । समितिले पुस २३ गते एक सूचना प्रकाशित गरि माघ ०४ गतेबाट सीप परीक्षण हुने जनाएको हो ।

राष्ट्रिय सीप परीक्षण समिति तथा तोकिएका सीप परीक्षण केन्द्रहरुमा २०७६ मंसिर, पौष महिनामा सहुलियत शुल्कमा सीप परीक्षणका लागि आवेदन पेश गरी सीप परीक्षणको मिति प्राप्त गरेका तर २०७६ चैत्रबाट कोभिड-१९ का कारण परीक्षण बिचमा रोकिएका तथा शुरु नभएका (वैदेशिक रोजगार वोर्ड लगायत अन्य संस्थाको प्रायोजन समेतका) व्युटिसियन, बारबर वाहेकका पेशा व्यवसायहरुको सीप परीक्षण हुन लागेको हो ।

परीक्षार्थीहरुले सम्बन्धित सीप परीक्षण केन्द्रमा मिति २०७७ पौष २९ गते सम्म सम्पर्क गर्नुहुन तथा थप जानकारीका लागि मोवाईल नं. ९८५११२७०८०, ९८५११६३९६४ र वेभसाईट www.nstb.org.np मा सम्पर्क गर्न /हेर्नुहुन समितिले अनुरोध गरेको छ ।

साथै सम्बन्धित सीप परीक्षण केन्द्रहरुले परीक्षार्थीहरुको नयाँ प्रकाशित सीप परीक्षण तालिका अनुसारको प्रवेश पत्र प्रिन्ट गरी वितरण गर्नु गराउन हुन अनुरोध गरिएको छ । कोरोना संक्रमण जोखिम कायमै रहेकोले सीप परीक्षण सम्बन्धी प्रकृयामा सामेल हुँदा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड निर्देशनहरु पूर्ण रुपमा अनिवार्य पालना गर्न गराउन हुन समितिलेआग्रह समेत  गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्