मेराे भाइ आफै झुन्डिएकाे हैन कसैले झुण्डाएकाे हाे :मृतक कि दिदि



पुस २६ काठमाडौं  । मेलम्ची नगरपालिका १२ बाहुनेपाटी बजारबाट केही भित्र झोलुङ्गे पुल छ । पुलकाे करिब बिच भागकाे छेउ पट्टि जालीमा समाएकाे अवस्थामा झुण्डिएकाे शव थियाे मेलम्ची ५ सिन्धुकाेटका घनस्याम बाेगटीकाे । झुन्डिएकाे ठाउँ नजिक १ राेल डाेरी थियाे । पुलकाे बाहिर पट्टि २ ठाउँमा डाेरी झुण्ड्याएकाे थियाे । एउटा डाेरीमा उनी झुण्डिएकाे अवस्थामा थिए । उनी पुलकाे बाहिर पट्टि जालीमा २ हातले समाएर झुण्डिएकाे अवस्थामा थिए । बिहान करिब ६ बजेर ३० मिनेट जाँदा पुल नजिकै फाेहाेर फाल्न गएका स्थानियले देखेपछि उक्त घटना बाहिर आएकाे थियाे ।

मेलम्ची १२ बाहुनीपाटीबाट सिपाधुसेनी जाने पुलमा झुन्डिएकाे अवस्थामा उनकाे शव फेला परेकाे ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले बताए । खाेज्दै जाँदा उनकाे पाइन्टबाट घनस्याम र उनकाे प्रेमिकाकाे एउटा फाेटाे, केही पैसा, माेवाइल र केही कागजहरू फेला परेकाे प्रहरीले जानकारी दियाे ।

घटनास्थलमा पुगेका घनस्यामकका दाइ रामकृष्ण बाेगटीले रूदै भने, “मेराे भाइ आफै झुण्डिएकाे हैन अरूले झुण्डाएकाे हाे । दुई हातले जालीमा समाएकाे छ, डाेरी पनि लच्किएकाे छैन, याे कसरी आफै झुण्डिएकाे हुन सक्छ ? डाेरीले पुरै घाँटी बेरेकाे पनि छैन ।

“मेराे भाईकाे निधन संकास्पद छ, ‘मेराे भाइ आफै झुन्डिएकाे हैन कसैले झुण्डाएकाे हाे” घनस्यामकाे दिदी गाेमा बाेगटीले भनिन । २/३ दिन अघिसम्म मेराे भाईले घर आउने कुरा गर्दै थियाे आज याे अवस्था आयाे, यसमा केटिकाे दाेष छ’ गाेमाले थपिन ।

दलित भएकै कारण मेराे भाईलाई यत्राे सजाय दिईयाे । के दलितले बाँच्न पाउने अधिकार छैन याे देसमा ? दलित भन्ने थाहा नै थियाे, किन यतिको बर्ष प्रेमकाे नाटक गरेकाे त्याे केटिले ? अहिले त्याे केटिकाे विवाह निष्चित हुन लागेपछि किन मेराे भाईलाई बाहुनेपाटी बाेलाएर हत्या गरियाे ? मेराे भाइ आफै झुण्डिएकाे हैन अरूले झुण्डाएर हत्या गरेका हुन् । यसकाे अनुसन्धान हुन जरूरी छ । नत्रभने हामी आन्दाेलन गर्नेछाैँ । गाेमाले बताईन् ।

प्रहरीमा दर्ता भएकाे जाहेरी अनुसार मेलम्ची नगरपालिका ५ सिन्धुकाेटका घनस्याम बाेगटी र मेलम्ची नगरपालिका १२ कि मञ्जु श्रेष्ठ बिगत ११/१२ बर्षदेखि प्रेममा थिए ।

‘२३ गते केटीकाे दाईले बाहुनेपाटी बाेलाएका थिए, भाेलीपल्ट भाई झुण्डिएकाे अवस्थामा फेला पर्याे, यसमा हामीलाई संका छ’ गिताले भनिन् ।

घटनाकाे अनुसन्धान भईरहेकाे र काेहि दाेसी देखिए कानुनअनुसार कारबाहि हुने प्रहरीले बताएको छ ।

उनी मेराे मुटु भन्दै घनस्यामले केही दिनअघि मात्र मञ्जु र उनकाे फाेटाे फेसबुकमा सार्वजनिक गरेका थिए । विभिन्न ठाउँमा घुमेकाे फाेटाे, उनकाे काेठामा खिचिएकाे फाेटाे र मञ्जुसँग घनस्यामले जन्मदिन मनाएकाे फाेटाेहरू सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

घनस्यामले २२ गते बेलुका फेसबुक मार्फत ‘बाई-बाई अल माई फ्रेण्ड’ भन्दै स्टाटस पाेष्ट गरेका थिए । फेसबुकमा स्टाटस पाेष्ट गरेकाे केही समयपछि उनकाे र उनकाे प्रेमिकाकाे माेबाईल अफ भएकाे बताईएकाे छ ।साभार।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्