दलहरु उम्मेदवार छान्न छलफलमा ।।



जेठ,२६

Nepali-Congress-Logo-Terr

प्रमुख दलहरुले दोस्रो चरणको चुनावका लागि तयारी तिब्र पारेका छन् । गाउँमा चुनाव प्रचारमा र केन्द्रका उम्मेदवार छान्न छलफल सुरु भएको छ । सत्तारूढ दल नेपाली कांग्रेस १४ असारका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन अन्तिम कसरतमा जुटेको छ । हिजो पार्टी कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका नेताहरूकोे बैठकले पार्टीका उम्मेदवार टुंग्याउने विषयमा छलफल अघि बढाएको हो । आज प्रदेश–२ बाहेकका जिल्लाका उम्मेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । प्रदेश–२ मा भने उम्मेदवारका आकांक्षी धेरै भएका कारण व्यवस्थापन गर्न समस्या भइरहेको बताइएको छ । स्थानीय तह दोस्रो चरण निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको बताएको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रदेश–५ र ७ मा उम्मेदवार टुंगो लगाएको र बाँकीका लागि आज थप छलफल हुने जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रलेपनि अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश–२ बाहेक अन्य प्रदेशका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचन ३१ वैशाखमा एकै चरणमा तोकिएकाले माओवादीले ९ वैशाखमा नै सबै उम्मेदवारको टुंगो लगाउने कार्यसूची तय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्