ट्रकले किचेर सडकमा सुतिरहेका १२ को मृत्यु, ८ गम्भीर घाइते



नयँदिल्ली । भारतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए । यो गुजरातको घटना हो । दुर्घटना सोमबार राती भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो जबकि ८ जनाको स्थिति गम्भीर छ ।

उपचारको क्रममा अर्का एकजनाको मृत्यु भएको छ । प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरेको छ । भारतीय मिडियाका अनुसार दुर्घटनाका बेला ६ महिनाकी बालिका पनि आमा–बुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि उनी शवको बीचमा थिइन् । प्रहरीले उनलाई तत्काल अस्पताल पुर्याएको छ ।

स्रोतका अनुसार मृतकमध्ये एक राकेश रुपचन्द दुर्घटना स्थलभन्दा केही पर एक पसलमा काम गर्दथे । उनी हरेक दिन पसल नजिकैको एक क्याबिनमा सुत्दथे तर सोमबार उनी क्याबिनमा सुत्नुको साटो मजदुरसँग फुटपाथमा सुतेका थिए र ट्रक दुर्घटनाका कारण उनको मृत्यु भयो ।

ट्रकको ठक्कर ४–५ वटा पसलमा पनि क्षति पुगेको छ । प्रहरीका अनुसार ट्रक उखु भरिएको ट्र्याक्टरसँग ठोक्किएको हो । त्यसपछि ट्रकका ड्राइभरले नियन्त्रण गुमाएको र ट्रक फुटपाथमा चढेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्