इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ तपाईंलाई कति पर्छ ? यस्तो छ अंकगणित



माघ ६, काठमाडौँ । इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आइपिओ)मा हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ।

बैंकको आइपिओमा १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन्। बैंकमार्फत आवेदन दिनेहरु जोड्दा यो संख्या अझ बढ्नेछ। हालसम्म आइपिओ खुलेको कम्पनीमध्ये यसमा परेको आवेदन संख्या सबैभन्दा धेरै हो।

बैंकले अंकित मूल्य १ सयका दरले कुल ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो।

साढे १५ लाख बढी आवेदकले कुल १८ अर्ब १२ कराेड बढी रकमको सेयर माग गरेका छन्। मागभन्दा बढी परेपछि आवेदन लिने कार्य बन्द भएको छ।

धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ।

इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन्। ५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म सेयर पाउने छन्।

६० कित्ताभन्दा धेरै भने बाँडफाँड गर्न नपुग्ने देखिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्