रुकुम पश्चिममा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी



माघ ६, काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा नेापली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी राउण्ड हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर गरेको जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो । सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।

उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको समेत जानकारी दिए ।

झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्