घरघरबाट प्रतिनिधिसभा विघटन बिरुद्द आन्दोलनमा लाग्न देउवाको अपिल



माघ ७, काठमाडौँ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन बिरुद्ध देशभर प्रदर्शनमा उत्रन अपिल गरेका छन । देउवाले बुधबार अपिल जारी गर्दै वडास्तरीय प्रदर्शनमा जुट्न निर्देशन दिएका हुन् ।

सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले भोलि माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु, देउवाले भने ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ उनले अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गरेका छन् ।

उनले संविधान र जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको बताएका छन । देउवाले पार्टीको सबै तहका कार्यकर्ता र लोकतन्त्रवादी सबैलाई भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी हुन् अनुरोध गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल समूह लगायत नेपाली कांग्रेसले बिरोध प्रदर्शन गर्दै आएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्