कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी ।।



जेठ,२६

Northa-Koriya-Misail-768x512
युरोपियन युनियन (ईयू) ले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने भएको छ । उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहका विरुद्ध एकतर्फी रुपमा क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिवन्ध लगाउने तयारी छ । पहिलो चरणमा केही व्यक्ति र संघसंस्थाविरुद्ध प्रतिबन्ध लगाउने जनाइएको छ । जम्मा ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ संघसंस्था प्रतिबन्धित सूचीमा परेका छन् । हिजो बिहानै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ । छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई निशाना बनाउने क्षमताको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्