बाग्थला देखि चैनपुरकाे कालाेपत्रे सडक गुणस्तर हिन



बझाङ – बागथला देखि भोपुरको जयपृथ्वी बहादुर सिंह सडकमा कालोपत्रे गर्ने कार्यमा कमसल काम भएको भन्दै स्थानियले चासो राखेका छन् ।

अाज नेकपाका युवानेता र अनेरास्ववियू का नेताहरुले आज सो सडक अवलोकन गरेका थिए । सडक कार्यालय बैतडिले जलजला निर्माण सेवा काठमांडौलाई सो सडक कालोपत्रे गर्नका लागि काम गराईरहेको छ ।

हातले उप्काउन मिल्नेगरि कालोपत्रे गर्न लागेको खबर सुनेर अवलोकन गर्न जादा कमसल काम गरेको फेला पारेको नेकपाका युवा नेता नरेन्द्र खडकाले बताउनुभयो । राज्यको रकमलाई यसरि दुरुपयोग नगर्न निर्माण कम्पनिका प्रतिनिधिलाई अनेरास्ववियू का नेता पुष्पलाल रोकायाले सुझाव दिएका छन् ।

अाज एकाएक सडककाे कालाेपत्रे हेर्न पुगेका युवाहरुले सुझाव सल्लाह दिनुका साथै गुणस्तर हिन सडक निर्माण गर्नु भन्दा नगर्नु हुन अनुराेध गरेका हुन । अहिले सम्म काम टालाटुली बटुली जस्तै भएको पाईन्छ । सडककाे स्टमेट भन्दा कम खर्च लाग्ने गरेर गुणस्तर हिन सडक निर्माण कार्य अगाडि बढिरहेको बेला जिल्लामा रहेका कसैले पनि ध्यानाकर्षण हुन सकेको छैन । सडककाे स्टमेट हटप्रेमिक्स २० mm चाैडाई ४ मिटर मात्रव्यस हाल्ने ,गिट्टी ६०% ४०% माटाे ,रहेता पनि सडक अहिले १० mm देखि १५ mm काे निर्माण भएको स्पस्ट देख्नपाईन्छन ।

सडकमा सडक पिच गर्दा रिसाेलिङ पिच गर्नु पर्ने ठाउमा गिट्टी नराखेर मात्रा अनुसार सामाग्री प्रयाेग नगरि सडक बनिरहेको छ । सडक पिच गर्दा सामाग्री त गुणस्तर हिन प्रयाेग गरिएको छ भने छेउछाउमा भएको सामाग्री नहटाई सडक लाई वाङ्गाे पारेर पिच गर्ने गरेको पाईन्छ । गिट्टी नहालेर खाल्दी कालाे पत्रे जालाे हालेर काम गर्ने गरेको पाईन्छ ।

काम गर्दा गल्ति भएको स्विकारे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रशाद खनालले । ओटासिल सडक उप्कीसकेकोले सो मर्मतका लागी करिब ६ करोडमा सो कम्पनि सगँ सम्झौता भएको सडक कार्यालय बैतडिका प्राबिधिक ईन्दराज जोशिले जानकारि दिएका छन । साथै जोशिले भन्नुभयो ,“सो सडकमा कालो पत्रे गर्ने क्रममा मापदण्ड बिपरित गरेको देखिएकोले नापजाचँ नगरिने र सम्झौता बमोजिमको रकम समेत भुक्तानि नदिने बताउनु भएको छ ।” तत्काल कमसल काम रोकेर मापदण्ड बमोजिम काम गराउनमा सरोकारवालाको ध्यान जान जरुरि देखिएको छ । सदरमुकाम को आसपासको मुख्य सडकमा कमसल कार्य भईरहेकोले सो कार्य नसुधारे काम ठप्पपार्ने जयपृथ्वी नगरपालिका ७ का युवा नेता सत्यराज जोशिले जानकारि दिएका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्