रामेछापको चनखुमा माघ ३० गते सोनाम ल्होछार भव्य रूपमा मनाउने



काठमाडौ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा साँस्कृतिक कार्यक्रम गरेर सोनाम ल्होछार मनाउने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक पनि माघ ३० गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जन ले जानकारी दिनुभयो ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक मुसा वर्गलाई विदाई गर्दै गोरु वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बताएका छन् ।

कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने र त्यहाँ उपस्तिथि दर्शकलाई कलाकारहरुले आफ्नो प्रस्तुति दिएर मनोरंजन दिलाउने छन् – संस्थाको सचीव रमेश योन्जनले भने -“कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति संगै स्थानीय कलाकार र ताम्बाहरुको डफु नाच पनि रहनेछ ।”

कार्यक्रममा तामाङ संस्कार ,सस्कृती र भेषभुषा पनि देख्न पाइनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्