प्रबिन बेड्वालको स्वरमा ‘सम्पत्तिमा बिक्ने माया’सार्वजनिक



काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हाे ।

खगेन्द्र पन्धाक लिम्बूको शब्द / संगीत रहेको गीतलाई कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन जिमी, इन्दु जिमी, नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ अदिलाई देख्न सकिन्छ । उक्त भिडियोमा परदेशीको पीडाको कथा समेटिएको छ ।

किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्