एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा



माघ१२,काठमाण्डौ।स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो।

एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे। खेलको ३९औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो।

त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए। जितसंगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ।

बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ। बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्