१६ डिएसपीको एसपी बढुवामा सिफारिस



काठमाडौँ। नेपाल प्रहरीका १६ नायब उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा सिफारिस समितिले सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा छन्।

त्यस्तै, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्