प्रचण्ड-माधबका सिङ्ग फुक्लिसके, कसैले टेर्नेवाला छैनन: प्रधानमन्त्री



घोराही, माघ १२ । प्रधानमन्त्री केपि शर्मा ओलिले सरकारले दाङ औद्याेगिक क्षेत्र घोषणा गरिसकेको बताएका छन । नेकपा दाङले सोमबार लुम्बिनि प्रदेशको राजधानी देउखुरीमा गरेको आमसभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले दाङको घोराहीलाई औद्याेगिक क्षेत्र बनाउने गरि हिजोको मन्त्रीपरिषद बैठकले निर्णय गरिसकेको बताएका हुन ।

`हिजोको मन्त्रीपरिषद बैठकले दाङको घोराहीलाई औद्याेगिक क्षेत्र बनाउने निर्णय गरिसकेको छ, अब दाङ औद्याेगिक क्षेत्रकोरुपमा चिनिने छ, अब मन्त्रीपरिषदले गरेको निर्णय अनुसार काम हुन्छ-प्रधानमन्त्री ओलिले भने ।

उनले कोरोना नियन्त्रणका लागि सरकार लागीपरेको भन्दै पर्सिदेखि कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यर्मि, सुरक्षाकर्मि, बिमानस्थलमा काम गर्ने, शबबाहनवालासहित सबैलाई खोप लगाइने बताए। प्रधानमन्त्री ओलिले ४ लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभाबकारी बनाइने बताए ।

उनले लुम्बिनि प्रदेशको राजधानी दाङको भालुबाङलाई आधुनिक र ब्यबस्थित शहरको रुपमा बिकास गर्नुका साथै ब्यबस्थित रङ्गशाला पनि बन्ने उल्लेख गरे । उनले नौ मुरे जलबिद्युत, माडि डाइभर्सन, दाङको बिमानस्थलको दुर्त गतिमा अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलिले केहि पार्टीका नेताहरु बैठकमा नआएर चौतारोमा बसेर अध्यक्षमा चयन गरेको भन्दै हिजो निर्बाचन आयोगले उनिहरुको सपना पनि खत्तम पारेको बताए । `हिजो निर्बाचन आयोगले खत्तम पार्यो, चौतारिमा बसेर अध्यक्षमा भएकाहरुलाई खत्तम भए, रेष्टुरामा बसेर केपि ओलिलाई निकाले रे, बिमारी परेको सुनेर गदगद हुन्छ, निको भएर फर्कियो भनेर थचक्क हुन्छ-प्रधानमन्त्री ओलिले भने ।

प्रचण्ड-माधब पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलिले सिङ् फुक्लिसकेकाले कसैले केहि गर्न नसक्ने ठाेकुवा गरे । उनिहरुको सिङ फुकलि सके, यिनले केहि गर्नेवाला छैन, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैन्न-प्रधानमन्त्री ओलिले भने- हेर्नुहोस त मुद्धाका लस्कर, झगडिया काम बाहेक अरु केहि भएन् ।

अदालतलाई धम्क्याउन नपाइने भन्दै निर्बाचन आयोगको निर्णयले पार्टी नटुक्रिएको शन्देश दिएको बताए । उनले फरक प्रसङ्गमा अदालतमा सिनियर जेष्ठ अधिबक्तालाई किन दुख दिएको भनेर दिएको अभिब्यक्तिलाइ अदालतको मानहानीकोरुपमा भनेको टिप्पणि गरे । उनले कार्यकर्तालाइ चुनाबको तयारी थाल्न्न आग्रह गरे ।

चुनाबमा सानदार जित हासिल हुने भन्दै कोहि कसैले चुनाब हुन्न भनेर गरिएका हल्लाका पछि नलाग्न पनि उनले उल्लेख गरे । चुनाब भनेकै मितिमा हुने र शान्तीपुर्ण, स्वतन्त्र, निष्पक्ष तरिकाले धाधलि रहित चुनाबको तयारीमा लाग्न सुरक्षा प्रशासनलाई निर्देशन दिए । उनले नेकपालाइ प्रहरिको बैशाखी टेक्नु नपर्ने भन्दै कार्यकर्ता, जनताको बलमा चुनाब जित्ने दाबी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्