बिप्लब निकट युबा संघका रोकायद्दारा पाटी परित्याग(बिज्ञप्तीसहीत)



माघ१२,रुकुमपश्चिम।बिगत ४ बषृ देखी बिप्लब नेतृत्वको नेकपा निकट युबा संघ रुकुमपश्चिमका जिल्ला कमीटी सदस्य सुरज रोकायले पाटी परित्यागको घोषणा गरेका छन।
पाटी बिरोधी जनबिरोधी तत्वहरु संग जिल्ला नेतृत्वको सम्बन्ध रहेको भन्दै एक बिज्ञप्ती जारी गर्दै रोकायले पाटीमा नरही स्वतन्त्र रहेको घोषणा गरेका हुन।उनले भने‘हिजो भ्रष्ट जनप्रतिनिधि भनेर एक नम्बर लिट्मा राखेका सत्ताका दलालहरुसंग साठगाठ गरेर नेतृत्व बसेको पुष्ठि भयो। त्यसकारण पाटी परित्याग गर्नुपरेको हो।
तर रुकुम पार्टिले भ्रष्टाचार बिरुद्धको संघर्षलाई जोड गर्नुको साटो आफैले भ्रष्ट घोषणा गरेका सत्ताका संचालकहरु संग सहकार्य गर्न थाले पछि मन कुडिएको छ ,तसर्थ यो पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गर्दछु ।
प्रेस वक्तव्य

सम्पुर्ण जनसमुदाय!
बिगत 4 बर्ष यता म बिप्लप नेतृवको नेपाल कम्युनिस्ट पार्टिमा सकृय रहदै विशेस टिम बाट फर्किसके पछि पाटिले दियको युवा संगठन नेपाल रुकुम पश्चिमको जिल्ला कमिटी सदस्य भयर काम गर्ने क्रममा मिति २०७७/८/२२ गते चौरजहारी नगर पार्टी इन्चार्ज कमरेड कपिलको नेतृत्वमा आधारभुत बिद्यालय लहरेसिमलका प्र.अ शिक्षक नन्दलाल केसि संग छलफल गर्न जादा निज नन्दलालले बिषयलाई अतिरन्जित गर्दै बिज्ञप्ती सार्वजनिक गरे ,त्यो बिषयमा पार्टिले गोप्य अनुसन्धान समिती बनायो,अनुसन्धान समितिका सदस्यहरु चौरजहारिका मेयरको घरमा बसेर उनकै योजनामा उनैले भेला गरेका मान्छेहरुको बिचमा भाषण गर्दै,उनिहरुकै अनुरोधमा कमरेड कपिल र डिल्लीलाई कार्वाही गर्ने घोषणा गरेको भिडियो सार्वजानिक भयो,हिजो भ्रष्ट जनप्रतिनिधि भनेर एक नम्बर लिट्मा राखेका सत्ताका दलालहरुसंग साठगाठ गरेर नेतृत्व बसेको पुष्ठि भयो। त्यसकारण पाटी परित्याग गर्नुपरेको हो।
तर रुकुम पार्टिले भ्रष्टाचार बिरुद्धको संघर्षलाई जोड गर्नुको साटो आफैले भ्रष्ट घोषणा गरेका सत्ताका संचालकहरु संग सहकार्य गर्न थाले पछि मन कुडिएको छ ,तसर्थ यो पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गर्दछु ।

अन्त्यमा, पार्टी कुनै ब्यक्ती बिषेशको पेवा होइन , बरु उत्पिडित र श्रमजीविहरुको मुक्ती दस्ता हो। आम युवाहरुलाई भ्रष्टाचार ,अन्याय र अत्याचारका बिरुद्धमा सदा संघर्ष गर्ने अनुरोध गर्दछु।

सुरज रोकाय,रुकुमपश्चिम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्