स्वतन्त्र नागरीक समाजको भेला शुक्रबार बबरमहलमा हुदै



माघ१५,काठमाण्डौ। स्वतन्त्र नागरीक समाजले शुक्रबार काठमाण्डौको बबरमहल स्थित सडक बिभाग अघाडी नागरीक प्रदशन गर्ने भएको छ ।स्वतन्त्र नागरीक समाजका अध्यक्ष हेमबिक्रम सिलवालले एक सुचना जारी गर्दे पुर्ब निर्धारीत कार्यक्रमकोृ स्थान परीबर्तन भएको जानकारी गराएका हुन। उक्त कार्यक्रमको पूर्ब घोषणा माईतीघर मण्डलामा आयोजना गरीएको थियो ।सिलवालले जारी सूचनामा भनेका छन,‘पूर्ब निर्धारीत कार्यक्रम स्थल माईतीघर मण्डलामा अन्य कार्यक्रम परेकोले कार्यक्रम स्थल परिबर्तन गर्न बाध्य भएका छौ यसबाट पर्न जाने असुबिधाप्रती क्षमाप्राथी छौ।’

अत्यन्त जरूरी सूचना ! सूचना!!सूचना !!!
स्वतन्त्र नागरिक समाजले भाेलि माघ १६ गते राजधानीमा गर्ने नागरिक प्रदर्शनका लागि बबरमहल सडक विभाग अगाडि ११.००बजे भेला भई वानेश्वरसम्म र्याली सहित नागरिक विराेध सभा सम्पन्न गर्ने भएकाेले साेही अनुसार र्यालीमा सहभागी हुन सबै जनसमुदायमा हार्दिक अनुराेध गर्दछु । पूर्व निर्धारित कार्यक्रमस्थल माईतिघरमा अन्य कार्यक्रम परेकाेले स्थान परिवर्तन गर्न वाध्य भएकाेमा क्षमाप्राथी छाैं ।

हेम विक्रम सिलवाल
संयाेजक
स्वतन्त्र नागरिक समाज ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्