टी १० लिगमा मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात



काठमाडौं। टी–१० क्रिकेट लिग दोस्रो खेलमा डेक्कन ग्लाडियटर्स र पुणे डेभिल्स बीच खेल जारी छ । युएईमा शअबुधाबीको शेख जायद स्टेडियममा हुने खेलमा पुणेले टस जितेर फिडिल्ङ रोजेको छ। पुणेमा नेपालका अलराण्डर करण केसी आवद्ध रहेका छन्। आजको खेलमा करण प्लेईंग ११ मा परेका छन्। यो उनको टी१० मा डेब्यू खेल हो।

आजको पहिलो खेलमा सोमपाल कामीले पनि डेब्यू गरेका थिए। सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन्। डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए।

खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ। बिहिबार मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्