मन्त्रि परिषदको बैठक आज बस्दै



सैघाली खबर
काठमाडौं,२८ पुस

मन्त्रिपरिषदको बैठक आज बस्दैछ । आजको बैठकले कर्मचारीको स्वेच्छिक अवकाशका विषयमा निर्णय गर्नेछ । कर्मचारीलाई लक्षित गरीआज राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरिएको बताइएको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले आज मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने जानकारी दिनुभयो । सरकारले निजामती सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्ष उमेर पूरा गरेका कर्मचारीलाई त्यस्तो सुविधा दिन लागेको हो । आजको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुखको नियुक्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्