ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आइपीओमा ६ गुणा बढी आवेदन



काठमाडौँ। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा ६ गुणा बढी आवेदन परेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा सोमबार साँझसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ६।१ गुणा धेरै हुन आउछ । ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत माघ २७ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्